दफा १२ख
संस्थाका कर्मचारीहरूको कोष कट्टी
(१) सङ्गठित संस्थाले आफ्नो कर्मचारीहरूको मासिक तलबबाट दफा १२ बमोजिम कोष रकम कट्टी गरी कोषमा जम्मा गराउन सक्नेछ । (२) नेपाल सरकारले उपयुक्त ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै संस्थालाई नियमित रूपमा मासिक तलब प्राप्त गर्ने कर्मचारीहरूको मासिक तलबबाट उपदफा  (१) बमोजिमको रकम कोषमा जम्मा गराउन आदेश दिन सक्नेछ । (३) यो दफा अन्तर्गत कोष रकम कट्टी भएका कर्मचारीहरूको हकमा दफा १२ को सम्पूर्ण व्यवस्था लागू हुनेछ । (४) यो दफा अन्तर्गत कोष रकम कट्टी गरी कोषमा रकम जम्मा गर्ने संस्था विघटन वा खारेज भएमा त्यस्तो संस्थाका कर्मचारी यो ऐनको प्रयोजनको निमित्त सेवाबाट हटेका मानिने  छन् । (५) यो दफा प्रारम्भ हुनुभन्दा अघि कुनै संगठित संस्थाले दफा १६ बमोजिम कोषमा जम्मा गराएको कोष कट्टी रकम उपदफा (१) बमोजिम नै जम्मा गराएको मानिनेछ ।